ad ad

समाज


दैवीप्रकोप उद्धार कोषमा टोखाको १६ लाख सहयोग

दैवीप्रकोप उद्धार कोषमा टोखाको १६ लाख सहयोग

नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार २१:२२, काठमाडौँ

टोखा नगरपालिकाले जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितको उपचार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा १६ लाख आर्थिक सहयोग गर्ने भएको छ।

नगर कार्यपालिकाको बैठकले भूकम्पपीडित जनतालाई राहत, पुनःस्थापना र उपचारका लागि नगर विपद् कोषबाट १० लाख र जनप्रतिनिधि तथा कर्मचारीको तलब भत्ताबापतको रकम छ लाख गरी १६ लाख रकम उपलब्ध गराउने निर्णय गरेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगर विपद् कोषबाट १० लाख र नगरपालिका तथा अन्तर्गत कार्यरत अधिकृतको कर्मचारीको दुई दिन र सोभन्दा तल्लो तहका कर्मचारीको एक दिनको पारिश्रमिक सोही कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिए।

यस्तै, माध्यामिक तहका शिक्षकको दुई दिन र अन्य तहका शिक्षकको एक दिनको पारिश्रमिक उपलब्ध गराउनेसमेत सो बैठकले निर्णय गरेको छ। 

टोखाले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उक्त घटनामा परी घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .