ad ad

समाज


भक्तपुरको गठ्ठाघरमै चितुवाको आक्रमण, दुई महिला घाइते

भक्तपुरको गठ्ठाघरमै चितुवाको आक्रमण, दुई महिला घाइते

आक्रमणमा संलग्न चितुवा


नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार १२:५५, काठमाडौँ

भक्तपुरको गठ्ठाघरमा चितुवाले आक्रमण गर्दा दुईजना महिला घाइते भएका छन्।

शुक्रबार बिहान सात बजे मध्यपुरठिमी नगरपालिका ३ गठ्ठाघरस्थित प्रविन पेट्रोलपम्प नजिक चितुवाले आक्रमण गर्दा दुई जना घाइते भएका प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक वसन्त पाठकका अनुसार चितुवाको आक्रमणबाट भक्तपुर नगरपालिका ३ की ६५ वर्षीया अमृता कँडेल र सोही ठाउँकी ३३ वर्षीया संगिता आले मगर घाइते भएका हुन्।

उनीहरुको भक्तपुरकै नयाँ ठिमीस्थित मध्यपुरठिमी अस्पतालमा उपचार भइरहेको छ। 

आक्रमणमा संलग्न चितुवालाई डिभिजन वन कार्यालय हात्तीसारबाट गएको प्राविधिक टोलीले उद्धारको प्रयास गरिरहेको डीएसपी पाठकले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .