ad ad

कारोबार


एभरेष्ट बैंकको अध्यक्षमा वैद्य नियुक्त

एभरेष्ट बैंकको अध्यक्षमा वैद्य नियुक्त

नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार १२:५९, काठमाडौँ

एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन्।

बैंकका अध्यक्ष विके (विष्णुकृष्ण) श्रेष्ठको निधन भएपछि डा. वैद्य अध्यक्ष नियुक्त भएका हुन्।

बैंक सञ्चालक समितिको बैठकले बिहीबार डा. वैद्यलाई अध्यक्षमा नियुक्त गरेको हो।

यसअघि डा वैद्य बैंकका सञ्चालक सिमितिका सदस्य रहेका थिए।

बैंकको अध्यक्षमा नियुक्त भएका डा. वैद्यले आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ गराउने छन्।

डा. वैद्य विगत २० वर्षदेखि एभरेष्ट बैंकको सञ्चालक सदस्य रुपमा आवद्ध छन्। उनले फिलिपिन्सबाट इकोनोमिक्समा पीएचडी गरेका छन्।

उनी योजना आयोगको सदस्य समेत थिए।

साथै उनले गरिबी निवारण कोषको सदस्यको रुपमा पनि काम गरिसकेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .