नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर रेशमलाल चौधरीको कैद माफीविरुद्धको रिटको पेसी आउँदो पुस १६ गतेका लागि तोकिएको छ।
बिहीबार अदालत प्रशासनबाटै स्थगित रेशमको माफीविरुद्धको रिटको सुनुवाइ फेरि झन्डै दुई महिना पर धकेलिएको हो। बिहीबार पेसी भए पनि चौधरीलाई माफीविरुद्धको रिट स्थगितमा परेको थियो।
सरकारले सजाय माफी दिएको यस रिटमा ५ महिनादेखि सुनुवाइ हुन सकेको छैन।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा गरिदिएपछि चौधरी गत जेठ १५ गते रिहा भएका थिए।
राष्ट्रपतिको त्यसनिर्णयविरुद्ध टीकापुर घटनामा मारिएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दायर गराएकी थिइन्।
जेठ १६ गते दर्ता गरिएको रिटमा जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चौधरीको बाँकी कैद मिनाहा गर्नुको कारण माग्दै मुद्दालाई अग्राधिकार दिने आदेश भएको थियो।
Shares
प्रतिक्रिया