ad ad

समाज


हेलिकप्टरमा राहत हालेर भूकम्प प्रभावित क्षेत्रमा उपप्रधानमन्त्री खड्का

हेलिकप्टरमा राहत हालेर भूकम्प प्रभावित क्षेत्रमा उपप्रधानमन्त्री खड्का

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १९:३, काठमाडौँ

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का बिहीबार पनि भूकम्पपीडितका लागि सहायता सामग्री लिएर जाजरकोट पुगेका छन्। 

भूकम्पपीडितले ओत लाग्न पाल पनि नपाएको गुनासो आइरहेका बेला उपप्रधानमन्त्री खड्का आवश्यक पालहरू लिएर जाजरकोट पुगेका हुन्। 

नेपाली सेनाको हेलिकोप्टरमार्फत लगिएका करिब एक हजार छ सय त्रिपाल जाजरकोटको कुशे गाउँपालिकाका भूकम्पपीडितलाई प्रदान गरिनेछ। 

उपप्रधानमन्त्री खड्का भूकम्प आएकै दिनदेखि प्रभावित क्षेत्रमै रही उद्धार र राहतमा केन्द्रित छन्।

उनले भूकम्पपीडितको उद्धार, राहित र पुनःस्थापनामा केन्द्रित हुनुपर्ने भन्दै यही कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म यसअघि तय भएको संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमण स्थगित गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .