ad ad

समाज


सन्दीपविरुद्धको मुद्दामा अदालतले माग्यो दुवै पक्षसँग बहस नोट

सन्दीपविरुद्धको मुद्दामा अदालतले माग्यो दुवै पक्षसँग बहस नोट

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १४:५४, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अदालतले दुवै पक्षसँग बहस नोट माग्ने आदेश दिएको छ। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले बिहीबारको पेसीमा बहस नगरी दुवै पक्षसँग बहस नोट झिकाउने आदेश गरेको हो। इजलासको लिखित आदेश आउन बाँकी रहेकाले कति समयभित्रमा बहस नोट बुझाउनु पर्ने भन्ने स्पष्ट भइनसकेको सन्दीपका कानुन व्यवसायी मुरारी सापकोटाले जानकारी दिए। 

दुवै पक्षले बहस नोट बुझाइसकेपछि अब अर्को पेसीमा मात्रै फैसलाका लागि बहस सुरु हुने सम्भावना छ। 

सन्दीपविरुद्ध एक किशोरीले २०७९ भदौमा बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्। उनले आफू नाबालिग रहेको दाबी गरे पनि उनको उमेरमा विवाद छ। 

जिल्ला अदालत काठमाडौंले प्रारम्भिक सुनुवाइका क्रममा सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर उक्त आदेश उच्च अदालत पाटनले बदर गर्दै सन्दीपलाई २० लाख नगद धरौटीमा छाड्न आदेश दिएसँगै तीन महिना जेल बसेर सन्दीप छुटेका थिए।

जेलबाट छुटेपछि सन्दीप राष्ट्रिय टिमबाट खेल्दै आएका छन्। 

उच्च अदालतले उनलाई विदेश जान नदिने आदेश गरेको थियो। तर त्यसविरुद्ध सर्वोच्च पुगेका सन्दीप आफ्नो पक्षमा आदेश भएसँगै क्रिकेट खेल्नका लागि विदेश पनि जाँदै आएका छन्। 

सर्वोच्चले यो मुद्दा छिटो टुंगो लगाउन जिल्ला अदालतलाई आदेश दिएपनि एक वर्ष बढी भइसक्दा पनि अन्तित फैसला आउन सकेको छैन। बहस नोट क्रिकाएसँगै अब भने अन्तिम सुनुवाई अगाडी बढ्ने सम्भावना बढेको छ। अर्को पेसी कहिले हुने भन्ने तोक्न बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .