ad ad

खेल


मूलपानी, गौतम बुद्ध र विराटनगर क्रिकेट रंगशाला अब राष्ट्रिय गौरवका

मूलपानी, गौतम बुद्ध र विराटनगर क्रिकेट रंगशाला अब राष्ट्रिय गौरवका

फाइल तस्बिर


नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १४:५६, काठमाडौँ

काठमाडौं, चितवन र मोरङका तीनवटा क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनामा समावेश भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौंको मूलपानी, चितवनको भरतपुरस्थित गौतमबुद्ध र मोरङको विराटनगरस्थित क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यी तीनै रंगशालालाई राष्ट्रिय गौरवका रुपमा घोषणा गरेर निर्माणलाई तीव्र पार्ने निर्णय भएको बताइन्।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेटरहरूलाई पुरस्कार तथा सम्मानका क्रममा केही क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका रुपमा अघि बढाउन लागेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .