समाज


साइबर ब्युरोद्वारा युट्युबर मनोज मानव पक्राउ

साइबर ब्युरोद्वारा युट्युबर मनोज मानव पक्राउ

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार ११:५८, काठमाडौँ

पछिल्लो समय रकम लेनदेन र अश्लील गाली गरेपछि विवादमा मुछिएका युट्युबर मनोज मानव (मनोजकुमार महतो) लाई प्रहरीले पक्राउ गरेको छ। 

नेकपा एमालेका नेता महेश बस्नेतसहित विभविन्न विभिन्न व्यक्तिको चरित्र हत्या गरेको तथा रकम मोलमोलाईसमेतमा संलग्न भएको घटनामा मुछिएपछि उनलाई साइबर ब्युरोले पक्राउ गरेको हो।

 

उनले ‘स्टार अनलाइन’ युट्युब च्यानल चलाउने गरेका थिए। उनले पछिल्लो समय एमाले नेता बस्नेत र एकजना महिलालाई जोडेर चरित्र हत्या गरेको आरोप लागेको थियो।

मनोज तिनै हुन जसले नेपाल प्रहरीका पूर्वआईजीपी रणबहादुर चन्द र आफूलाई सामाजिक अभियन्ता बताउने तारा बराल बसिरहेको होटलमा प्रवेश गर्दा कुटाई खाएका थिए।

त्यसबेला ताराले मानवको गालामा थप्पड हानेकी थिइन्। त्यसपछि उनीविरुद्ध ताराले प्रहरीमा उजुरी हालेकी थिइन्। 

एमाले नेता बस्नेतले आफ्नो समेत चरित्र हत्यामा मानव सक्रिय रहेको बताएका छन्। उनले बिहीबार मानिसहरूलाई तर्साउँदै बार्गेनिङ गर्ने गिरोहको मुख्य योजनाकार पक्राउ परेको भन्दै प्रहरीलाई धन्यवाद दिएका छन्। 

बस्नेतले अर्काको फोटो भिडिओ इडिट गर्दै सामाजिक सञ्जालमा हालेर मनोजले चरित्र हत्या गर्ने काम गरेको आरोप लगाए। उनले आफूहरूसहितको सामाजिक तथा  राजनीतिक जीवन समाप्त गर्ने गरि लागिपरेकाहरूलाई प्रहरीले कारबाही गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad