ad ad

समाज


बाजुरा केन्द्रबिन्दु भएर फेरि भूकम्प

बाजुरा केन्द्रबिन्दु भएर फेरि भूकम्प

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १४:२०, काठमाडौँ

बाजुरा केन्द्रबिन्दु भएर मंगलबार दिउँसो फेरि भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो १२ बजेर ५८ मिनेटमा बिछिया भन्ने स्थानभन्दा २० किलोमिटर उत्तर केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएको हो।  

यो यसअघि बाजुरामा गएको भूकम्पको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। 

गत जेठ ८ गते साँझ बाजुराको बिछिया केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि पनि बाजुरा केन्द्रबिन्दु भएर पटकपटक परकम्प गएका थिए। 

पछिल्लो समय यही कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले ठूलो मात्रामा जनधन क्षति गरेको छ। जसमा परी १५३ जनाको मृत्यु भएको छ भने ३६३ जना घाइते भएका छन्। 

त्यसयता जाजरकोट केन्द्रबिन्दु भएर पटकपटक परकम्प गइसकेका छन्। आज भने बाजुरा केन्द्रबिन्दु भएर परकम्प गएको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .