ad ad

समाज


दाङमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपालखबर
कात्तिक १५, २०८० बुधबार ९:३२, दाङ

दाङमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

दाङको राजपुर गाउँपालिका-२ मा मंगलबार राति लु ३ च ३८५३ नम्बरको  पिकअप भ्यानले रा २ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर  दिँदा दाङकै राजपुर गाउँपालिका–२ बेलाका २४ वर्षीय श्रवणकुमार यादवको मृत्यु भएको हो। 

ठक्करबाट गम्भीर घाइते भएको यादवलाई लमही अस्पताल पुर्‍याउँनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन्।

दाङका एसपी रामबहादुर केसीका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी राजपुर– २ की  २६ वर्षीया सविना यादव घाइते भएकी छन्।

उनको लमही अस्पतालमा उपचार भइरहेको छ। पिकअप भ्यानका चालकलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .