अमेरिकामा रहेका नेपालीहरूले हलोविन पर्व मनाएका छन्।
इसाई (क्रिश्चियन) हरूको एक चाड हलोविन हरेक वर्ष अक्टोबर ३१ तारिखका दिन मनाइन्छ।
गर्मीको बिदाइ गर्न मनाइने उक्त चाड विशेषगरी संयुक्त राज्य अमेरिकासँगै क्यानडा, स्कटल्यान्ड, न्युजिल्यान्ड, आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनीलगायत पश्चिमा मुलुकमा मनाइन्छ।
नेपालमा गाइजात्राजस्तै मानिने हलोविन पर्व अमेरिकामै जन्मे/हुर्केका नेपाली बालबालिका बढी आकर्षित हुने गरेको त्यहाँका नेपालीले बताएका छन्।
उक्त पर्वमा बालबालिकाले भूतजस्ता देखिने पोसाक लगाएर घरघरमा पुगी मिठाई माग्दै रमाइलो गर्छन्।
हेर्नुहोस् केही तस्बिर-
327
Shares
प्रतिक्रिया