समाज


कोरोना भाइरसबारे डब्लूएचओले दियो विश्वलाई नै यस्तो चेतावनी

कोरोना भाइरसबारे डब्लूएचओले दियो विश्वलाई नै यस्तो चेतावनी

नेपालखबर
माघ १६, २०७६ बिहिबार ३:२८,

खतरनाक जीवाणु कोरोना भाइरसप्रति पूरै विश्व सावधान रहन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सुझाव दिएको छ।

डब्लुएचओका स्वास्थ्य आपत्‌काल कार्यक्रमका प्रमुखले चीनको उहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध विश्व नै सजग रहनुपर्ने बताएका हुन्।

यो खतराक नयाँ भाइरसको संक्रमण नियन्त्रण गर्न सिंगो विश्व एक भएर अगाडि बढ्नुपर्ने सुझाव  डब्लूएचओले दिएकाे बीबीसीले जनाएकाे छ। 

यो भाइरसले विश्वव्यापी आपतकालीन अवस्था निम्त्याएको हो कि होइन भनी निर्णय गर्न डब्लुएचओले बिहीबार बैठक राख्दै छ।

डब्लूएचओका डाक्टर माइक र्‍यानले याे भाइरसकाे संक्रमण गम्भीर चरणमा पुगेको बताएका छन्। 

तर यसको फैलावट अझै पनि रोक्न सकिनेमा आफूहरू विश्वस्त रहेको उनकाे भनाइ छ। 

यो कोरोना भाइरसविरुद्धको कुनै स्पष्ट उपचार वा खोप छैन। तर कैयौं मानिस उपचारपछि निको भएका छन्।

बीबीसीका अनुसार डाक्टर र्‍यानले चीन जान विज्ञहरूको अन्तर्राष्ट्रिय टोली तयार हुँदै गरेकाे जानकारी दिएका छन्।

टोलीले उक्त भाइरस कसरी सर्छ भन्नेबारे थप तथ्य पत्ता लगाउने उनको भनाइ छ।

कोरानाका कारण मृत्यु हुनेको संख्या १७ पुग्यो
कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १७० पुगेको  छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार बिहीबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १७० जनाकाे मृत्यु भएकाे हाे।

साथै उक्त भाइरसबाट झन्डै ८ हजार जनामा संक्रमण देखिएकाे आयोगले जनाएकाे छ।

कोरोना भाइरस चीनबाहिर नेपालसहित १६ देशमा फैलिसकेकाे छ। 

हाछ्युँ गर्दा वा खोक्दा निस्कने थुक र र्‍यालको छिटाबाट कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने चिकित्सकले बताएका छन्। 

कहाँ कति जना संक्रमित?
चीन- १७० मृत्यु, ७७७१ संक्रमितथाइल्यान्ड - १४ जना संक्रमित

सिंगापुर- १० जना संक्रमित

हङकङ, ताइवान - ८/८ जना संक्रमित

मलेसिया - ७ जना संक्रमित

अस्ट्रेलिया, अमेरिका, मकाओ, फ्रान्स - ५/५ जना संक्रमित

जापान - ६ जना संक्रमित

जर्मनी, दक्षिण कोरिया - ४/४ जना संक्रमित

भियतनाम, क्यानडा - २/२ जना संक्रमित

नेपाल, कम्बोडिया, श्रीलंका, तिब्बत - १/१ जना संक्रमित

याे पनि : यी हुन् कोरोना भाइरसबाट बच्ने उपाय

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad