स्पेनिस क्लब बार्सिलोनाका स्टार लियोनल मेस्सीले बार्सिलोना छाडेपछि इङ्लिस क्लब लिभरपुल जाने इच्छा व्यक्त गरेका छन्।
मेस्सीले लिभरपुलमात्रै त्यस्तो टिम भएको जसले आफूलाई बार्सिलोनाबाट अलग गर्नसक्ने समेत बताएका छन्।
बार्सिलोनामा १६ वर्ष बिताएका मेस्सीले क्लब छाड्ने कुनै चाहना भने ब्यक्त गरेका छैनन्। मेस्सीले आफ्नो करिअरमा एक चोटीमात्रै बार्सिलोना छाड्ने सोच आएको समेत बताए।
गत डिसेम्बरमा छैटौं पटक बालोन डी ओर जितेका मेस्सीले फ्रेन्च फुटबलसँग कुरा गर्दै भने, ‘अरु क्लबसँग आवद्ध हुन लागेर हैन कि मैले त्यसबेला व्यक्तिगत कारणले बार्सिलोना छोड्ने सोच बनाएको थिए।’
‘मैले ५ वर्षअघि स्पेनिस कर अधिकारीहरुबाट निकै झन्झट ब्यहोरेको थिए। तर म त्यसबाट निस्किए। त्यसबेला क्लब र बार्सिलोनामा मान्छेहरुले पनि मलाई सहयोग गरे,’ मेस्सीले बार्सिलोना छाड्ने सोच आउनुको कारण बताउँदै भने, ‘उहाँहरुकै सहयोगपछि मैले बार्सिलोनालाई निरन्तरता दिएको हुँ। त्यो एक समयमात्रै थियो जतिबेला मैले स्पेनमा राम्रो अनुभव नगरिरहेको बताएको थिएँ।’
‘तमाम क्लबहरुले मेरा लागि ढोका खुला राखेका छन्। तर उनीहरुलाई पनि मेरो बार्सिलोना मै रहने इच्छाबारे राम्ररी थाहा छ,’ मेस्सीले थपे।

प्रतिक्रिया