काठमाडौँको मैतिदेवीबाट प्रहरीले जुवा खेलेको आरोपमा गायक र कलाकारसहित ९ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा मैतिदेवीमा रहेको नृत्य ‘डान्स फिभर’का सञ्चालक भोजपुर घर भएका गणेश विष्ट, अभिनेता गजित विष्ट, कोरियोग्राफर गम्भीर विष्ट, गायक चक्र बम, कलाकार सुलेमान शंकर ‘इकु’ र कोरियो ग्राफर नरेन्द्र विष्ट छन्।
त्यसैगरी रोशन सिंह, शंकरप्रसाद आचार्य, टाइम मगर, सुरेन्द्र साउद र घनश्याम अधिकारीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूबाट प्रहरीले एक लाख ९० हजार ९२० रूपैयाँसमेत बरामद गरेको छ। प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखेर उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
153
Shares
प्रतिक्रिया