ad ad

समाज


दसैंको टीका र आशीर्वाद थाप्ने क्रम जारी, बढ्न थाल्यो चहलपहल

दसैंको टीका र आशीर्वाद थाप्ने क्रम जारी, बढ्न थाल्यो चहलपहल

फाइल तस्बिर


नेपालखबर
कात्तिक ९, २०८० बिहिबार ७:२२, काठमाडौँ

आज आश्विन शुक्ल द्वादशी। नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेसँगै विजयादशमीको दिनबाट सुरु भएको टीका थाप्ने र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ। 

देशभरी आज पनि आफूभन्दा ठूला तथ मान्यजनबाट टीका थाप्न र आशीर्वाद लिन बिहानैबाट चहलपहल सुरु भएको छ। 

विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रूपमा कुनै बाधा नरहेको बताएको छ।

राजधानी लगायतका सहरी क्षेत्रमा पनि आजबाट चहलपहल सुरु भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .