ad ad

कारोबार


विद्युतीय सवारीले लिए एकै दिन २ हजारभन्दा धेरैपटक चार्जिङ सेवा

झण्डै २० हजार लिटर डिजेल-पेट्रोलको खपत घटायो
विद्युतीय सवारीले लिए एकै दिन २ हजारभन्दा धेरैपटक चार्जिङ सेवा

फाइल तस्बिर


नेपालखबर
कात्तिक ९, २०८० बिहिबार ७:४३, काठमाडौँ

बुधबार एक दिनमै दुई हजार भन्दा धेरै पटक विद्युतीय सवारी साधनले नेपाल विद्युत् प्राधिकरणका चार्जिङ स्टेसनबाट सेवा लिएका छन्। 

अहिले नेपालका सडकमा हजारौँ इलेक्ट्रिक सवारी साधन सञ्चालनमा छन्। 

बुधबार मात्रै विद्युतीय सवारी साधनले लिएको चार्जिङ सेवाबाट २२ हजार युनिट विजुली खपत भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। 

‘यो वर्षको दसैँ इभिमय भएछ, यति चाँडै दिनमै २२ हजार युनिट बिद्युत विद्युतीय सवारीलाई बेचिएला भन्ने लागेको थिएन’, प्राधिकरणका एक अधिकारीले भो, ‘नेपालमा इभि सिस्टममा धेरै गर्न बाँकी छ। तर मानिसहरु इभिको प्रयोगमा बानि पारेको देखियो।’

प्राधिकरणका अनुसार एकै दिन दुई हजारभन्दा बढी पटक विद्युतीय सवारी चार्ज हुँदा एक दिनमा करिब २० हजार लिटर डिजेल–पेट्रोल बचेको छ। यस हिसाबले ३५ लाख रुपैयाँ बढी दैनिक बचत भएको छ।

हेर्नुहोस् बुधबारको चार्जिङ डाटा


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .