चीनमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ५ हजार ९ सय ७४ पुगेसँगै यसले सन् २००३ को सार्सको प्रकोपलाई उछिनेको छ।
सार्सबाट चीनमा ५ हजार २ सय ३७ जना संक्रमित भएका थिए। सार्सबाट विश्वभर करिब ८ सय मानिसको मृत्यु भएको थियो।
कोरोना भाइरसबाट मारिनेको संख्या १ सय ३२ पुगेको छ। १ सय १५ जना भने निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रकोप सुरु भएको चीनको हुबेइ प्रान्तमा मात्र ३५ सय भन्दा बढी संक्रमित भएका छन्। विभिन्न मुलुकले वुहानबाट आफ्ना नागरिकलाई फिर्ता लैजान सुरु गरेका छन्।
कोरोना भाइरसबाट विश्वभर ६ हजार ७८ जना संक्रमित भएका छन्। एजेन्सी

प्रतिक्रिया