ad ad

समाज


दसैँ अवधिभर बीपी र अरनिको राजमार्गमा टिपर चलाउन रोक

दसैँ अवधिभर बीपी र अरनिको राजमार्गमा टिपर चलाउन रोक

नेपालखबर
कात्तिक २, २०८० बिहिबार ८:१९, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय काभ्रेले दसैँको अवधिभर बीपी र अरनिको राजमार्गमा दिनको समयमा टिपर सञ्चालन गर्न रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालयमा बुधबार भएको छलफलमा आज (२ असोज) देखि १३ असोजसम्म मुख्य राजमार्गमा दिनको समयमा टिपर चलाउन रोक लगाउने सहमति भएको हो।

दसैँ अवधिभर बिहान ५ बजेदेखि राति ९ बजेसम्म टिपर सञ्चालनमा गर्न नपाउने निर्णय भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्।

दशैंको समयमा सवारीको बाक्लो आवतजावत हुने र ट्राफिक व्यवस्थापन गर्न जटिलता उत्पन्न हुने भएकाले यस्तो निर्णय गरिएको उनले बताइन्।

घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार बसेको सरोकारवालाको बैठकले दसैँ अवधिभर टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। बुधबार पनि पनौतिमा दसैँका यात्रु बोकेको गाडी पल्टिँदा एक जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए। 

जिल्ला समन्वय समितिका पदाधिकारी, बागमती टिपर व्यवसायी संघ र अन्य यातायात व्यवसायीको समेतको उपस्थितिमा भएको बैठकले टिपर तथा सार्वजनिक सवारी साधनका चालकका लागि सचेतना कक्षासमेत सञ्चालन गर्ने निर्णय गरेको छ।

काभ्रे हुँदै गएका दुईवटा मुख्य राजमार्ग तथा जिल्लाको दक्षिणी क्षेत्र बनेपा–खोपासी सडक, उत्तरी क्षेत्रको हेलम्बु राजमार्गमा दैनिक टिपर र अन्य निर्माण सामग्री बोकेका गरी झण्डै दुई हजार मालबाहक सवारी चल्ने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .