ad ad

समाज


राति सबै प्रदेशमा वर्षा र पश्चिम उच्च पहाडी/हिमाली क्षेत्रमा हिमपातको सम्भावना

राति सबै प्रदेशमा वर्षा र पश्चिम उच्च पहाडी/हिमाली क्षेत्रमा हिमपातको सम्भावना

फाइल फाेटाे


नेपालखबर
असोज २९, २०८० सोमबार १९:३८, काठमाडौँ

हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका ‍एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

यस क्रममा राति पश्चिमी उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। 

नेपालबाट मनसुन बाहिरिएसँगै हिमाली तथा उच्च पहाडी भेगमा हिउँ पर्न सुरु भएको छ। 

मौसमविद्का अनुसार जेठ ३१ गते नेपाल भित्रिएको मनसुन आइतबार (असोज २८ गते) पूर्ण रूपमा बाहिरिएको हो।

मनसुन बाहिरिएपछिको सिजनलाई ‘पोस्ट मनसुन’ भनिन्छ। मनसुन बाहिरिएसँगै नेपालमा पश्चिमी वायुको प्रभाव सुरु भएको छ।

पूर्वबाट भित्रिने भएकाले मनसुनलाई पूर्वी वायु भनिन्छ भने पश्चिमबाट भित्रिने अहिलेको वायुलाई पश्चिमी वायु भनिन्छ। 

मौसमविद्का अनुसार पश्चिमी वायुले चिसो बढाउँछ, वर्षा र हिमपात गराउँछ। तर पोस्ट मनसुनमा हिमपात धेरै हुँदैन। त्यसैले यो समयलाई पर्यटकीय मौसम पनि भनिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .