हिंसाग्रस्त इजरायलमा बेपत्ता नेपाली युवक विपिन जोशी अझै फेला परेका छैनन्।
गत हप्ताको शनिबार हमासले इजरायलमा आक्रमण गरेपछि सम्पर्कविहीन जोशीको खोजी जारी रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासका डेपुटी चिफ अफ मिसन अर्जुन घिमिरेले विभिन्न माध्यमबाट खोजी जारी रहेको तर अहिलेसम्म उनलाई फेला पार्न नसकिएको बताए।
उनले आइतबार बिहान नेपालखबरसँग भने, ‘हामी सक्रियतापूर्वक खोजीमा लागिरहेका छौँ। अहिलेसम्म हामीले सम्पर्क फेला पार्न सकेका छैनौँ।’
जोशीको घर कञ्चनपुरको भीमदत्त नगरपालिका–३, झाँसी हो।
66
Shares

प्रतिक्रिया