ad ad

राजनीति


मुख्यमन्त्री कार्कीले भेटे एमाले अध्यक्ष ओलीलाई

मुख्यमन्त्री कार्कीले भेटे एमाले अध्यक्ष ओलीलाई

नेपालखबर
असोज २८, २०८० आइतबार १२:३, काठमाडौँ

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मन्त्रिमण्डल गठन गर्नुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेका छन्। 

आज बिहान बालकोट पुगेर कार्कीले मुख्यमन्त्री बन्न सहयोग गरेकामा ओलीलाई धन्यवाद दिएका हुन्। ओलीले कार्कीलाई बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना दिए । कोशीबाट मुलुकमा सहकार्यको संस्कृतिको सुरुवात भएको ओलीको भनाइ थियो।

भेटमा सहभागी कांग्रेस नेता पुरञ्जन आचार्यका अनुसार, भेटघाट छोटो समय मात्र भएको थियो। उनले भने, ‘यो शिष्टाचार भेट मात्र हो। दुवैजना हतारमा हुनुहुन्थ्यो। धन्यवाद र बधाई तथा शुभकामना आदानप्रदान गरेर सकियो।’

आजै मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। आफ्नो तर्फबाट एक र एमालेबाट कम्तीमा एकजना गरी तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी उनले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .