ad ad

समाज


युद्धभूमिबाट स्वदेश फर्कन लागेका नेपाली तेलअबिब विमानस्थलमा (तस्बिरहरू)

युद्धभूमिबाट स्वदेश फर्कन लागेका नेपाली तेलअबिब विमानस्थलमा (तस्बिरहरू)

नेपालखबर
असोज २५, २०८० बिहिबार १४:४६, काठमाडौँ

इजरायलबाट नेपाल फर्किन लागेका नेपालीहरू नेपाल एयरलाइन्सको जहाज चढ्न त्यहाँस्थित तेलअबिब एयरपोर्टमा भेला भएका छन्।

द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपाली लिन नेपाल एयरलाइन्सको जहाज तेलअबिबमा अवतरण गरिसकेको छ। सो जहाजले आजै २५० जना नेपालीलाई स्वदेश ल्याउने छ।

हमासको आक्रमणपछि हिंसाग्रस्त इजरायलमा रहेका नेपालीको उद्धार गर्न आज बिहान नेपाल एयरलाइन्सको जहाज लिएर परराष्ट्रमन्त्रीसहितको टोली त्यहाँ पुगेको हो।

नेपाल फर्किन चाहनेको सूचीमा नाम लेखाएका नेपालीमध्ये अहिले पहिलो चरणमा २५० जनालाई जाहाजले स्वदेश लिएर आउनेछ।

२५० नेपाली लिएर जहाज स्थानीय समयअनुसार दिउँसो १ बजेर १० मिनेट जाँदा दुबईका लागि उड्नेछ। त्यसपछि उक्त जहाज दुबईबाट काठमाडौँमा राति ९ बजे अवतरण गर्ने बताइएको छ।

हमासको हमलामा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएपछि सरकारले त्यहाँ रहेका अन्य नेपालीको उद्धार गर्न लागेको हो।

इजरायलबाट स्वदेश फर्किन ३ सय ५० नेपाली नागरिकले नाम टिपाएका छन्। पहिलो चरण २५० नेपालीलाई ल्याइने र बाँकीलाई पछि व्यवसायिक उडानमार्फत ल्याइने परराष्ट्र मन्त्रालयको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .