ad ad

कारोबार


सुरु भयो लाइसेन्सको नवीकरण, वर्ग थप र राजस्व भुक्तानीको अनलाइन सेवा

मन्त्री ज्वालाले भने– अनलाइन सेवा देशव्यापी बनाऔं
सुरु भयो लाइसेन्सको नवीकरण, वर्ग थप र राजस्व भुक्तानीको अनलाइन सेवा

नेपालखबर
असोज २५, २०८० बिहिबार १४:५९, काठमाडौँ

यातायात व्यवस्था कार्यालय बागमती प्रदेशको एकान्तकुनाबाट सवारी चालक अनुमतिपत्रको नवीकरण, वर्ग थप र राजस्व भुक्तानीको अनलाइन सेवा सञ्चालन भएको हो।

बिहीबार बिहान संघका भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र वागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले अनलाइन सेवा शुभारम्भ गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अनलाइन सेवा देशव्यापी बनाउनुपर्ने बताएका छन्।

उनले लाइसेन्स, राजस्व बुझाउन कार्यालयमा जानुपर्दैन, लाइन लाग्नुपर्दैन भन्ने कुराको सुनिश्चितता दिनुपर्ने आवश्यकता रहेको बताए। उनले तीन तहका सरकारको बीचमा समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तअनुसार अघि बढे कुनैपनि काममा सफल भइने बताए।

‘अनलाइन सेवा देशव्यापी बनाऔं। अब हामीले लाइसेन्स, राजश्व बुझाउन कार्यालयमा जानुपर्दैन, लाइन लाग्नुपर्दैन भन्ने कुराको सुनिश्चितता गर्नुपर्छ। यो कुरा छिटो भन्दा छिटो गर्नुपर्छ। यसका निम्ति फेरि एक्लै कसैले गर्न सक्दैन। संघीय, प्रदेश सरकार एक्लैले सम्भव छैन। तीन तहका सरकारको बीचमा समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त अँगालेका छौँ, समन्वय गर्नुपर्नेछ। समन्वय खासै भएको छैन। सहकार्य गर्नुपर्नेछ। यो काम संघीय र प्रदेश सरकार मिलेर अघि बढाएको काम हो। हामीले हातेमालो गरेर यो कामको प्रारम्भ गरेका छौँ,’ उनले भने।

उनले जनतालाई झन्झटभुक्त रुपमा सहज रुपमा सेवा दिनुपर्ने अहिलेको आवश्यकता भएको बताए।

उनले नताले पाएको सास्ती देखेर बिचल्ली देखेर विचौलियाहरुले यातायात कार्यालयहरूमा सेवाग्राहीलाई शोषण गरिरहेको बताए। उनले छिटो छरितो र नम्र भएर कर्मचारीहरुले काम गर्ने हो भने विचौलियाहरु निषेधित हुँदै जाने पनि बताए। 

उनले सेवाग्राहीको पहुँच कर्मचरीसँग नहुने तर विचौलियाको पहुँच कर्मचारीसँग हुनु नै समस्याको जड रहेको बताए।

‘निरन्तरता दिन र भरपर्दो बनाउन पनि मिल्नुपर्छ। सहकार्य यसका लागि पनि आवश्यक छ। हामी यही देशमा छौँ, यहाँकै जनताको सेवा गर्ने हो। हाम्रा लक्षित जनता भनेको नेपाली जनता नै हो। हातेमालो गरेर नै अघि बढ्छौँ। घोषणा पत्र जारी गरेर थन्क्याएर राख्ने हो भने यसको केही अर्थ हुँदैन। त्यसबारेमा सोच्नुपर्छ। जनतालाई झन्झटभुक्त रुपमा सहज रुपमा सेवा दिनुपर्नेछ। जनताले पाएको सास्ती देखेर बिचल्ली देखेर विचौलिया पनि चलखेल गरिरहेका छन्,’ मन्त्री ज्वालाले भने, ‘उनीहरूले सहयोगका नाममा सेवाग्राहीलाई शोषण गरिरहेका छन्। कार्यालयको भित्र पस्दापस्दै विचौलिया क्षेत्र निषेधित भनेर लेखेको छ, बोर्ड मात्रै छ की कार्यान्वयन पनि छ। बोर्डअनुसार कार्यान्वयन गर्नुस्। जति छिटो छरितो र नम्र भएर काम गर्नुहुन्छ, त्यति विचौलियाहरू निषेधित हुँदै जान्छन्। सेवाग्राहीको पहुँच कर्मचारीसँग नहुने तर विचौलियाको पहुँच कर्मचारीसँग हुने भएपछि के हुन्छ? त्यहीँ नेर छ गडबढी। समस्या त्यही त्यही सञ्जाल तोड्नुपर्छ।’

कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सटौलाले सडकका खाल्डाखुल्डी पुर्ने काममा सरकारले ढिलासुस्ती गरिरहेको बतााए। उनले नारायणगढ—मुग्लिन लगायतका सडकखण्डमा अझै सडकहरुका खाल्डाखुल्डी पुर्न सरकारी पक्षबाट ढिलासुस्ती भइरहेको भन्दै सडक सुरक्षित नभएसम्म दसैँतिहार जस्ता चाडबाडमा समयमै र सहज रुपमा यात्रुहरूलाई गन्तव्यमा लैजान कठिन हुने बताए।

‘दुई चार ठाउँको बाटो अहिले पनि भत्किएको छ। नारायणगढ मुग्लिनमा अहिलेसम्म पनि बाटो निर्माण भइसकेको छैन। सरकारले बाटो निर्माणमा ढिलासुस्ती गरिरहेको छ। सडकका खाल्डाखुल्डी चाँडो भन्दा चाँडो पुर्न आग्रह गर्दछु। अग्रिम टिकट काट्नेको संख्या असाध्यै धेरै छ। हामीले सोचे भन्दा पनि विशाल भीड भएको छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .