ad ad

समाज


दैलेखमा ज्वरो आउँदा जडिबुटी खाएका एक युवकको मृत्यु, दुई जना गम्भीर बिरामी

दैलेखमा ज्वरो आउँदा जडिबुटी खाएका एक युवकको मृत्यु, दुई जना गम्भीर बिरामी

नेपालखबर
असोज २५, २०८० बिहिबार ५:२१, काठमाडौँ

दैलेखको भगवतीमाईमा ज्वरोको ओखती भन्दै जंगली जडीबुटी खाएका एक युवकको मृत्यु भएको छ। जटिबुटी खाने दुई जना गम्भीर बिरामी परेका छन्।

‘ठूलो ओखती’ भनिने जडिबुटी खाएका भगवतीमाई गाउँपालिका–४ तुर्सुका २५ वर्षीय नर्तम विकको मृत्यु भएको  प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज किशोर लम्सालका अनुसार दुई दिनअघि विकले ठूलो ओखती नामले चिनिने जंगली जडिबुटी खाएका थिए। 

ठूलो ओखती नामकै जडिबुटी खाएका सोही ठाउँका ६१ वर्षीय धने कामी र १२ वर्षीय रमेश विक गम्भीर बिरामी परेका छन्। 

उनीहरुलाई दैलेख जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .