काभ्रेको रोशीमा मोटरसाइकल दुर्घटना हुँदा एक एक युवकको मृत्यु भएको छ।
दुर्घटनामा बनेपा नगरपालिका-१० का २५ वर्षीय सर्वेश्वर हुमागाईंको मृत्यु भएको प्रहरीले जनाएको छ।
बीपी राजमार्गमा पर्ने रोशी गाउँपालिका- ११ माम्दीमा हुमागाईं सबार बा ९६ प ९२६१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ बुधबार दिउँसो दुर्घटनामा पर्दा हुमागाईं गम्भीर घाइते भएका थिए।
उपचारको क्रममा उनको धुलिखेल अस्पतालमा बुधबार साँझ मृत्यु भएको हो।
सिन्धुलीबाट बनेपातर्फ आउँदै गर्दा हुमागाईं सवार मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किएर नालीमा खसेको प्रहरीले जनाएको छ।
204
Shares
प्रतिक्रिया