ad ad

समाज


बझाङ भूकम्प अपडेट  : बेपत्ता महिलाको शव भेटियो, २६ जना घाइते, १३५ घर भत्किए

बझाङ भूकम्प अपडेट  : बेपत्ता महिलाको शव भेटियो, २६ जना घाइते, १३५ घर भत्किए

नेपालखबर
असोज १७, २०८० बुधबार ८:३३, काठमाडौँ

मंगलबार बझाङमा गएको भूकम्पबाट एक जनाको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामीको भूकम्पछि गएको पहिरोमा परेर मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो। भूकम्पपछि उनी बेपत्ता थिइन्। प्रहरी टोली बिहान घटनास्थलमा गएको छ।

बझाङमा भूकम्पबाट २६ जना घाइते भएका छन्। घाइतेहरुको जिल्ला अस्पतालसहितका असप्तालमा उपचार भइरहेको छ।

जयपृथ्वी नगरपालिका–११ की सात वर्षीया सलिना जोशी, सोही ठाउँकी प्रमिला जोशी, खप्तडछान्ना गाउँपालिका–७ की १८ वर्षीया सुनिता रोकाया, जयपृथ्वी नगरपालिका–७ का तीन वर्षीय नितिक बोहारा, सोही ठाउँकी एलिसा बम, मष्टा–३ की १५ वर्षीया आँसु रोकाया, मष्टा–१ की १३ वर्षीया सविता रोकाया, सोही ठाउँकी ३६ वर्षीया शान्तिदेवी थापा, दुर्गाथली गाउँपालिका–६ का २३ वर्षीय अम्मर जाग्री, तलकोट गाउँपालिका–३ का १८ वर्षीय कमल कडाल र जयपृथ्वी नगरपालिका–१० की २० वर्षीया रमा परियार भूकम्पमा परेर घाइते भएका स्थानीय प्रशासनले जनाएको छ।

प्रहरीका अनुसार भूकम्पबाट बझाङमा एक सय ३५ संरचनामा क्षति पुगेको छ। प्रहरी निरीक्षक चौधरीका अनुसार थलारामा ६० घरमा क्षति पुगेको छ। 

केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षति भएका छन्। जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .