ad ad

समाज


ललितपुरमा चितुवाको छाला बेच्न खाेज्दा पाँच जना पक्राउ

ललितपुरमा चितुवाको छाला बेच्न खाेज्दा पाँच जना पक्राउ

नेपालखबर
असोज १५, २०८० सोमबार १७:३३, काठमाडौँ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु चितुवाको आखेटोपहारसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले ललितपुर–१५ बोधिग्राम टोलबाट उनीहरुलाई पक्राउ गरेको हो।   

पक्राउ पर्नेहरुमा भोजपुरको आमचोक गाँउपालिका–४ बस्ने वर्ष ३९ को लक्ष्मण विश्वकर्मा, सोही स्थानका वर्ष २० को बिनोद कालिकोटे, रामेछाप जिल्लाको रामेछाप नगरपालिका–४ बस्ने वर्ष ३४ को दलबहादुर आले मगर, धादिङको गल्छी गाँउपालिका–८ बस्ने वर्ष २८ को उमेश दुधराज र वर्ष २० को प्रेमबहादुर विक रहेका छन्।

उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीवन ललितपुरमा बुझाईएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .