ad ad

समाज


रुपन्देहीमा दुइटा भ्यान र १० लाख भारतीय रुपैयाँसहित ३ जना पक्राउ

रुपन्देहीमा दुइटा भ्यान र १० लाख भारतीय रुपैयाँसहित ३ जना पक्राउ

बरामद भारतीय रुपैयाँ र दुइटा भ्यान


नेपालखबर
असोज १५, २०८० सोमबार १०:५९, काठमाडौँ

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ डण्डाबाट सशस्त्र प्रहरीले १० लाख भारतीय रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। 

स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित भारत महाराजगन्ज जिल्ला सुनौली ग्रामपञ्चायत २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षका अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठीलार्य नियन्त्रणमा लिइएको रहेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानाकारी दिए।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ७३५० र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको भ्यानमा सवार उनीहरूको साथमा रहेको उल्लिखित भारतीय रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो।

पक्राउ परेका राजु कौशलको साथमा ९ लाख तथा अभिनव जैसवाल र आस्तिक त्रिपाठीको साथमा १ लाख भारतीय रुपैयाँ फेला परेको डीएसपी थापाले बताए। 

पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ। बरामद रकम र दुईवटै भ्यान राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाउने प्रक्रियामा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .