ad ad

खेल


एसियाडको क्वाटरफाइनलमै नेपालको प्रतिद्वन्द्वी भारत

एसियाडको क्वाटरफाइनलमै नेपालको प्रतिद्वन्द्वी भारत

फाइल तस्बिर


नेपालखबर
असोज १५, २०८० सोमबार ११:१, काठमाडौँ

चीनमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को क्वाटरफाइलमा नेपालले भारतसँग खेल्ने भएको छ। 

सोमबार भएको लक्की ड्र बाट नेपालले आफ्नो प्रतिद्वन्द्वी भारतलाई पाएको हो। नेपालको प्रतिद्वन्द्वी तय गर्ने क्रममा कप्तान रोहित पौडेलले चिट्ठा तान्दा भारत परेको हो। 

यसअघि नेपालले समूह चरणमा माल्दिभ्स र मंगोलियालाई फराकिलो अन्तरले हराएको थियो। नेपालले समूह चरणको पहिलो खेलमा मंगोलियालाई २३७ र दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराएको  थियो। 

एसियाड अन्तर्गत नेपाल नेपाल र भारतबीचको क्वाटरफाइनल भिडन्त मंगलबार बिहान ६ : ४५ मा हुने भएको छ। 

एसियाडमा क्रिकेटतर्फ अफगानिस्तान, नेपाल, हङकङ र मलेसिया क्वाटरफाइनलमा पुगेका छन्। उता अफगानिस्तान समूह चरणणमा नखेली अघिल्लो चरण पुगेको हो। भारत, श्रीलंका, बंगलादेश र श्रीलंका पनि सिधै क्वाटर फाइनल पुगेका छन्। 

उता पाकिस्तानले क्वाटरफाइनलमा हङकङसँग खेल्ने भएको छ। श्रीलंकाले अफगानिस्तानलाईलाई प्रतिद्वन्द्वी पाएको छ। उता मलेसिया र बंगलादेश भिड्ने भएका छन्। 

समूह चरणमा नेपालको प्रदर्शन उत्कृष्ट थियो। पहिलो खेलमा मंगोलियाविरुद्ध ३१४ रन जोड्दै १० वटा कीर्तिमान पनि बनाएको थियो। मंगोलियाविरूद्ध कुशल मल्लले ३४ बलमा सतक बनाउँदै टी २० मा सर्वाधिक छिटो सय रन पूरा गर्ने कीर्तिमान आफ्नो नामा लेखाए। उता 

दीपेन्द्र एरीले ९ बलमा अर्धसतक हानेर कुनै पनि खेलको सर्वाधिक छिटो ५० रनको रेकर्ड बनाए। उता माल्दिभ्सविरुद्ध नेपालले २१२ रन जोडेको थियो। त्यसमा अभिनाश बोहराले कीर्तिमानी ६ विकेट लिँदै टी-२० आईमा ६ विकेट लिने पहिलो खेलाडी बने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .