ad ad

समाज


मलंगवामा गृहमन्त्रीको उपस्थितिमा सद्‌भाव र्‍याली निकालिने

मलंगवामा गृहमन्त्रीको उपस्थितिमा सद्‌भाव र्‍याली निकालिने

फाइल तस्बिर


नेपालखबर
असोज १५, २०८० सोमबार ६:४९, काठमाडौँ

स्थानीय प्रशासनले सर्लाही सदरमुकाम मलंगवामा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सद्‌भाव र्‍याली निकाल्ने निर्णय गरेको छ।

रातिको समयमा लगाउँदै आएको कर्फ्यु गएरातिदेखि पूर्णरूपमा हटाइएको स्थानीय प्रशासनले यहि असोज १८ गते गृहमन्त्री श्रेष्ठको उपस्थितिमा सद्‌भाव र्‍याली निकाल्ने निर्णय गरेको हो। 

यसअघि असोज ८ गते दिउँसोको कर्फ्यु हटाइएको स्थानीय प्रशासनले आइतबार रातिदेखि रातको कर्फ्यु  पनि हटाएको छ। 

आइतबार दिउँसाे जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सर्वदलीय सर्वपक्षीय समन्वय सहजीकरण बैठकले चारबुँदे निर्णय गर्दै मलंगवाको कर्फ्यु आदेशलाई आइतबार रातिदेखि पूर्णरूपमा निष्क्रिय पार्ने निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। 

सामाजिक सद्भाव विथोलिने गतिविधि बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले साविक मलंगवा नगरपालिका क्षेत्रमा यहि असोज ८ गतेदेखि राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो। 

गणेशको मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादले उग्र रुप लिएपछि असोज ४ गते राति १० बजेदेखि मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो।  असोज ८ गतेदेखि दिउँसोको कर्फ्यु हटाइए पनि रातको कर्फ्यु भने कायमै थियो । 

त्यसैगरी सदियौँदेखि विभिन्न धर्मावलम्बीबीच कायम रहेको सामाजिक सद्भाव एवं भाइचारा कायम राख्न सबै पक्षले आ–आफ्नो दायित्व निर्वाह गरी सहयोग गर्ने र कृष्णाजन्माष्टमी मूर्ति विसर्जनका क्रमदेखि गणेश पूजाको मूर्ति विसर्जनसम्म भएका घटनामा ढुङ्गामुढा एवं छुरा प्रहार लगायतबाट भएका भौतिक तथा घाइते समेतको सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्ने र पुगेको क्षतिको मूल्याङ्कन एवं अनुसन्धान यथाशीघ्र जिल्ला प्रहरी कार्यालयबाट गर्ने निर्णय पनि सर्वदलिय बैठकले गरेको छ। 

हेर्नुस् सर्वदलीय सहजीकरण समितिकाे निर्णय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .