समाज


सडकमा लेदो जम्दा पृथ्वी राजमार्ग फेरि अवरुद्ध

सडकमा लेदो जम्दा पृथ्वी राजमार्ग फेरि अवरुद्ध

नेपालखबर
असार १४, २०७६ शनिबार ४:७,

सडकमा बालुवा र लेदो माटो थुप्रिँदा पृथ्वी राजमार्गमा पर्ने धादिङको गल्छी-बैरेनी सडक खण्ड फेरि अवरुद्ध भएको छ।

गल्छी गाउँपालिका ६ महेश दोभानमा माथिबाट खसेकाे लेदाे माटाेले सडक अवरुद्ध हुँदा  शनिबार बिहानैदेखि पृथ्वी राजमार्गमा गाडी सञ्चालन हुन सकेको छैन।

बैरेनीस्थित प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षकको कमान्डमा जेसीबीको सहायताले माटाे पन्छाउने प्रयसा भइरहेकाे  प्रहरीले जानकारी दिएकाे छ। सडकमा माटाे थुप्रिएकाे स्थान बैरनी प्रहरी चाैकीबाट ७ सय मिटर पश्चिम पर्छ । 

बिहीबार पनि लेदोका कारण राजमार्ग ११ घण्टा अवरुद्ध भएको थियो।

गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले सञ्चालन गरेको बालुवाखानी हुँदै आएको लेदो र बालुवाले सडक अबरुद्ध भएको हो।

‘सडकको लेदो हटाएर यातायात सञ्चालन गर्ने प्रयास भैरहेको छ,’ बैरेनीस्थित प्रहरी चौकी इन्चार्ज सई जनक बस्नेतले भने,’ ‘लेदोमा केही सवारी साधन फसेका छन्।’

सडक अबरुद्ध हुँदा गल्छी क्षेत्रमा हजारौँ सवारी साधनको लाम लागेको छ।

गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठको केबी कन्ट्रक्सन एण्ड सप्लायर्सले संचालन गरेको बालुवा खानीबाट आएको लेदोले राजमार्ग अवरुद्ध भएको हो।

उक्त खानीबाट वर्षेनी लेदो आएर सडक अवरुद्ध हुने गरेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad