समाज


मलंगवामा ८ बजेदेखि कर्फ्यु, शान्ति सुरक्षा कायम गर्न प्रशासनको अपिल

मलंगवामा ८ बजेदेखि कर्फ्यु, शान्ति सुरक्षा कायम गर्न प्रशासनको अपिल

नेपालखबर
असोज ८, २०८० सोमबार २०:३९, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय सर्लाहीले द्वन्दले कसैको भलो नगर्ने भन्दै सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम गर्न अपिल गरेको छ। 

जिल्ला प्रशासन कार्यालयले द्वन्द्धले कसैको भलो नगर्ने प्रशासनले सोमबार साँझ विज्ञप्ति जारी गर्दै भनेको छ।

मलंगवामा साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु जारी छ। विगत पाँच दिनदेखि जारी  कर्फ्यु सोमबारबाट आंशिक मात्र हुने भएको हो।

त्यसप्रति सचेत हुँदै प्रशासनले आपसी सहयोग र सद्भावको भावना अपरिहार्य छ।

‘सामाजिक सद्भावमा खलल पुर्याउने, शान्ति सुरक्षा भंग गर्ने व्यक्तिहरू पतालमा लुके पनि संसारमा यदि नर्क छ भने ती अपराधीहरूलाई नर्कमा पुर्याएरै छाड्ने म आशा र विश्वास दिलाउन चाहन्छु। त्यसको लागि तपाईहरूको सहयोग र साथ आवश्यक छ,’ प्रशासनले भनेको छ, ‘द्वन्दले कसैको भलो चित्त गर्दैन् यसले घृणा र विनास नै गर्छ त्यसैले आओैं हामी सबै मिली द्वन्द अन्त्य गरि सामाजिक सद्भाव र शान्त सुरक्षा कायम गरौं।’

जिल्ला प्रशासन कार्यालय सर्लाहीले विगत पाँच दिनदेखि सदरमुकाम मलंगामा लगाएको अनिश्चितकालीन कर्फ्यु आंशिक मात्रामा हटाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad