ad ad

समाज


कोरोनाभन्दा सातगुना खतरनाक महामारी आउने अनुमान, ‘५ करोड मानिसको मृत्यु हुनसक्छ’

महामारी आउनुअघि नै भ्याक्सिन बनाउन सुरु
कोरोनाभन्दा सातगुना खतरनाक महामारी आउने अनुमान, ‘५ करोड मानिसको मृत्यु हुनसक्छ’

नेपालखबर
असोज ८, २०८० सोमबार २०:४३, काठमाडौँ

विज्ञहरूले कोरोनाभन्दा सातगुना खतरनाक महामारी आउन सक्ने अनुमान गरेका छन्।

जसलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले डिजिज एक्स नाम दिएको छ।

बेलायतको भ्याक्सिन टास्कफोर्सका प्रमुख डेम केट बिङ्घमले उक्त महामारीले ५ करोड मानिसको ज्यान जान सक्ने बताएकी छन्। 

डेली मेलको रिपोर्टअनुसार विज्ञहरूले यो महामारी कोभिड–१९ भन्दा ७ गुणा बढी खतरनाक साबित हुनसक्ने र छिट्टै फैलिन सक्ने बताएका छन्। 

महामारी आउनुअघि नै भ्याक्सिन बनाउन सुरु
बेलायती वैज्ञानिकहरूले डिजिज एक्सको आउनुअघि नै यसविरुद्धको  भ्याक्सिन बनाउन थालेका छन्।

यसका लागि २५ प्रकारका भाइरसको अध्ययन गरिएको छ।

वैज्ञानिकहरूको ध्यान जनावरहरूमा पाइने भाइरसहरूमा केन्द्रित छ। ती भाइरस जुन जनावरबाट मानिसमा सर्न सक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .