ad ad

समाज


न्यायाधीश नभएको भन्दै सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

न्यायाधीश नभएको भन्दै सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

फाइल तस्बिर


नेपालखबर
असोज ७, २०८० आइतबार ११:३३, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ।

मुद्दाको अन्तिम छिनोफानोका लागि पेसी तोकिएपछि भइरहँदा काठमाडौं जिल्ला अदालतले न्यायाधीश अभाव भएको भन्दै सुनुवाइ स्थगित गरेको हो। 

चीनको हाङ्जाओमा जारी १९औँ एसियाली खेलकुदमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गर्ने दिन (आज) नै सन्दीपविरुद्धको मुद्दाको पेसी तोकिएको थियो। 

यदि आइतबार उक्त मुद्दामा सुनुवाइ अघि बढेको भए सन्दीप चीन जान पाउने थिएनन्। तर काठमाडौं जिल्ला अदालतले न्यायाधीश नभएको भन्दै इजलास नै नतोकी सुनुवाइ स्थगित गरेको हो। 

नाबालिग बलात्कार अभियोग लागेका सन्दीपविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको थियो। सन्दीप जाने नजाने अनिश्चित हुँदा नेपाली क्रिकेट टोलीका अन्य सदस्य भने आइतबारै मध्यान्हन चीनतर्फ जाँदैछन्। 

यसअघि मुद्दाको सुनुवाइ हुने/नहुने टुंगो लागेपछि मात्रै सन्दीप चीन जाने वा नजाने निर्णय हुने उनका वकिल सरोजकृष्ण घिमिरेले बताएका थिए। 

यसअघि गत भदौमा पनि मुद्दाको पेसी परेकै कारण सन्दीप एसिया कप खेल्न टोलीभन्दा पछि जानुपरेको थियो। भदौ १० गतेका लागि पेसी तोकिए पनि त्यस दिन मुद्दा हेर्न नभ्याइनेमा राखिएपछि उनी भोलिपल्ट ११ गते पाकिस्तान जान पाएका थिए। 

चीनको हाङ्जाओमा जारी एसियन गेम्सको हिजो (शनिबार) मात्रै उद्घाटन गरिएको छ।

उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए। अहिले उनी चीन भ्रमणमै छन्। 

औपचारिक उद्घाटन हिजो गरिए पनि एसियाडका खेल भने असोज २ गतेदेखि नै चलिरहेको छ।  

औपचारिक उद्घाटन हिजो गरिए पनि एसियाडका खेल भने असोज २ गते नै चलिरहेको छ। जसअन्तर्गत समूह चरणका दुवै खेल हारेपछि नेपालको पुरुष भलिबल टोली प्रतियोगिताबाट बाहिरिसकेको छ। 

एसियन गेम्समा यसपटक नेपालबाट अहिलेसम्मकै बढी २९ खेलका लागि २ सय ५३ खेलाडी सहभागी हुँदै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .