ad ad

समाज


पशुपतिको बेथिति हटाउन मन्त्री किराती र मेयर बालेनको सहकार्य

पशुपतिको बेथिति हटाउन मन्त्री किराती र मेयर बालेनको सहकार्य

नेपालखबर
असोज ५, २०८० शुक्रबार ११:३९, काठमाडौँ

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच पशुपति क्षेत्र विकास कोषमा सहकार्य हुने भएको छ। 

पशुपति क्षेत्र विकास कोषका अध्यक्ष रहेका मन्त्री किराती र महानगरका मेयरबीच बेथिति अन्त्यका लागि सहकार्य तयारी भएको हो।

हाललाई क्षेत्र विकास कोषको नाममा रहेको बनकालीस्थित पार्किङ र मारवाडी सेवा समाजले उपभोग गर्दै आएको गौशालास्थित भवनलाई जीटुजी मोडलमा सञ्चालन तयारी भएको छ। 

वनकालीस्थित पार्किङ २०७८ साउन २० गते तत्व इन्भेष्टमेन्टले तीन लाख ४४ हजार ८ सय ७४ मा ठेक्का लिएको थियो। 

उक्त कम्पनीले ३४ लाख ७४ हजार एक सय १९ रुपैयाँ वक्यौता नतिरेपछि ठेक्का रद्द गरिएको थियो। 

त्यस्तै गौशलास्थित ९ रोपनी जग्गामा सुविधा सम्पन्न भवन मारवाडी सेवा समितिले वार्षिक ५१ हजारमा उपभोग गर्दै आइरहेको थियो। 

धर्मशालालाई व्यवसायिक प्रयोजनमा लगाएर लाखौँ आम्दानी गर्दै आएको समितिसँगको सम्झौता पनि पशुपति क्षेत्र विकास कोषले खारेज गरिसकेको छ। 

पार्किङ र धर्मशाला दुवैको सम्झौता नतोड्न मन्त्री किरातीलाई दबाब आएको थियो। 

मन्त्री किरातीनिकट स्रोतका अनुसार गौशलास्थित धर्मशालालाई पशुपतिको गुरु योजनाको आधारमा परम्परासहितको प्रभावकारी सेवा प्रवाह गर्न महानगरसँग सहकार्य गरिने भएको छ। 

त्यस्तै वनकालीको पार्किङलाई आधुनिक ढंगले सुविधा सम्पन्न बनाएर जीटुजी मोडलमा सञ्चालन गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .