ad ad

राजनीति


राष्ट्रसंघमा प्रधानमन्त्री प्रचण्डले भेटे अमेरिकी राष्ट्रपति जो बाइडेनलाई

राष्ट्रसंघमा प्रधानमन्त्री प्रचण्डले भेटे अमेरिकी राष्ट्रपति जो बाइडेनलाई

नेपालखबर
असोज ५, २०८० शुक्रबार ११:५९, काठमाडौँ

संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेनसँऊ साइड लाइन वार्ता गरेका छन्।

अमेरिकाको न्युयोर्कमा भएको साइड लाइन भेटघाटपछि प्रचण्डको सचिवालयले उनीहरुबीचको सामूहिक तस्बिर सार्वजनिक गरेको छ।

उक्त तस्बिरमा अमेरिकी फर्स्ट लेडीका रुपमा जिल ट्र्यासी जाकोब्स बाइडेन देखिएकी छन्। नेपालबाट फर्स्ट लेडीका रुपमा प्रचण्ड पुत्री गंगा दाहाल  तस्बिरमा देखिएकी छन्। 

प्रचण्डले शुक्रबार नै राष्ट्रसंघीय महासभालाई नेपालको तर्फबाट सम्बोधन गरेका छन्। उनले सम्बोधनका क्रममा नेपालको शान्ति प्रक्रिया अब निष्कर्षमा पुग्दै गएको बताएका थिए।

प्रचण्डले राष्ट्रसंघमा अल्पविकसित मुलुकको अध्यक्षका रुपमा पनि सम्बोधन गरेका थिए। प्रचण्डले राष्ट्रसंघीय महासभामा हुँदा विभिन्न देशका समकक्षीहरुसँग पनि साइड लाइन वार्ता गरेका थिए।

प्रचण्ड शुक्रबार नै अब न्युयोर्कबाट सिधै चीन भ्रमणमा जाँदैछन्। त्यहाँ उनी चार दिनसम्म रहने तालिका छन्। 

प्रचण्डले चीनको हाङझाओमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेट्ने कार्यतालिका छन्। प्रचण्ड एसियाडको उद्घाटनमा पनि सहभागी हुँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .