ad ad

समाज


शाही उपाधि त्यागेकी मेगनले बेलायती नागरिक बन्ने नियम तोडिन्

शाही उपाधि त्यागेकी मेगनले बेलायती नागरिक बन्ने नियम तोडिन्

नेपालखबर
माघ १२, २०७६ आइतबार ८:१३,

मार्केलले क्यानडाभन्दा बाहिर ९० दिन आफू बस्न नसक्ने प्रतिक्रिया जनाएको द सनले जनाएको छ।

सन् २०१८ मा ह्यारीसँग विवाह गरेपछि मेगनले वेलायती नागरिकताको लागि पाँच वर्षे प्रक्रिया सुरु गरेकी थिइन्।

तर हालै क्यानडा पुगेकी मेगनले उक्त प्रक्रिया तोडेर वेलायती नागरिकता नलिने संकेत गरेको जनाइएको छ।

ह्यारीले शाही उपाधि त्याग्न अगाडि बराबरी समय क्यानडा र वेलायतमा विताउने घोषणा गरेका थिए।

तर यदी मेगन वेलायतमा उपस्थित नुहने हो भने उनलाई वेलायतको नागरिकता पाउन गाह्रो हुनेछ।

बेलायतमा मेगनले पाँच वर्षपछि नागरिकता पाउने छिन्। तर नियमअनुसार मेगनले तीन वर्षको अवधिमा २ सय ७० दिनभन्दा बढी बेलायत छाड्नु हुँदैन।

मेगनले यो निमयलाई तोडेको जनाइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .