ad ad

राजनीति


अमेरिकाबाट उपमेयरको प्रष्टीकरणः बिरामी परेर बसेकी हुँ, लुकेकी होइन

अमेरिकाबाट उपमेयरको प्रष्टीकरणः  बिरामी परेर बसेकी हुँ, लुकेकी होइन

नेपालखबर
माघ १२, २०७६ आइतबार ८:१३,

अमेरिका पुगेपछि सम्पर्कमा नआएको भन्दै चर्चामा रहेकी कालिकोटको तिलगुफा गाउँपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) ले आफू बिरामी परेका कारण स्वदेश नफर्केको बताएकी छन्।

 गोष्ठीका लागि कार्तिको पहिलो साता अमेरिका गएकी उपमेयर उतै लुकेको भनेर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि उपमेयर नेपालीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टीकरण दिएकी हुन्।

उनले फेसबुकमा आफू गम्भीर खालको बिरामी भएको र अहिले पनि बोल्न सक्ने अवस्थामा नरहेको बताएकी छन्। उनले आफूलाई ठीक हुन अझै चार÷पाँच महिना लाग्ने बताएकी छन्।

‘अहिले म राम्रोसँग बोल्न पनि सक्दिनँ, अलि–अलि चल्न सक्ने भएको छु’, सामाजिक सञ्जाल फेसबुकमा उपमेयर नेपालीले लेखेकी छन्, ‘मेरो सबै उपचार भारतीय डा. अञ्जीर कुमारले गर्दै हुनुहुन्छ। म पूर्ण रुपमा निको हुन अझै ५ महिना समय लाग्छ भनेको छ।’

उपप्रमुख नेपालीले आफू मेयर रतनबहादुर शाहीलाई जानकारी दिएर अमेरिका आएको भन्दै कतै नलुकेको प्रस्ट्याएकी छन्। ‘म हराएको पनि छैन, कतै लुकेको पनि छैनु, उनले लेखेकी छन्, 'म मेयर रतन शाहीलाई जानकारी नदिएर पनि आएको होइन, उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हो।’

उनले मेयरको फोन नउठे पनि आफू गाउँपालिकाको सम्पर्कमै रहेको बताएकी छन्। उनले ओरालो लागेको मृगलाई सबैले खेद्छ्न् भन्ने कुरा आफूले अहिले आएर बुझेको समेत स्पष्ट पारेकी थिइन्। उनले आफूले उपचारका लागि सरकारबाट पैसा समेत नलिएको प्रस्ट पारेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .