ad ad

समाज


सिन्धुपाल्चोकमा ट्यांकरको ठक्करबाट अनेरास्ववियुका दुई नेताको निधन

सिन्धुपाल्चोकमा ट्यांकरको ठक्करबाट अनेरास्ववियुका दुई नेताको निधन

नेपालखबर
भदौ ३१, २०८० आइतबार १२:४५, काठमाडौँ

सिन्धुपाल्चोकमा शनिबार भएको सवारी दुर्घटनामा नेकपा एमालेनिकट अनेरास्ववियुका दुईजना स्थानीय नेताले ज्यान गुमाएका छन्।  

चौतारा-साँगाचोक गढी नगरपालिका-९ घुमाउनेस्थित डाँडासडकमा भएको दुर्घटनामा घाइते अनेरासववियुका नेताद्वय नविन पाण्डे र समीर दोङको धुलिखेल अस्पतालमा निधन भएको हो। 

अनेरास्ववियु सिन्धुपाल्चोक सह-संयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङको बलेफीमा भएको दुर्घटनामा ज्यान गएको हो।

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार उनीहरु सवार बा.प्र.०२-०३१ प ५९७६ नम्बरको मोटरसाइकललाई खाडीचौरबाट बन्देउ जाँदै गरेको ना ८ ख ३७६ नम्बरको ट्याङकरले ठक्कर दिएको थियो।

विपरीत दिशाबाट आइरहेको उक्त मोटरसाइकललाई ठक्कर दिएपछि दुवैजना गम्भीर घाइते भएका थिए। 

उक्त मोटरसाइकल सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-१ बाँसखर्क घर भएका २७ वर्षीय समिर दोङले चलाइरहेका थिए।

उनको पछाडि मेलम्ची नगरपालिका-११ जरायोटार पाण्डेगाँउ बस्ने २७ वर्षीय नविन पाण्डे सवार थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .