दुई महिना अगाडि घरबाट हराएकी एक महिलाको जङ्गलमा टाउको छिनेको अवस्थामा शव फेला छ।
मध्यपुरथिमि नगरपालिका–४ तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा घाँस काट्न गएकी महिलाले टाउको छिनेको शव देखेपछि प्रहरीलाई खबर गरेकी जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए।
‘उक्त शव सूर्यविनायक नगपालिका–२, बालकोटस्थित बङ्गलामुखी बस्ने ६१ वर्षीय परमेश्वरी दाहालको रहेको परिवारले पहिचान गरेको छ’, उनले भने।
मृतककी छोरी जानुका दाहालले गत साउन १० गते आमा हराएको भन्दै प्रहरीवृत्त थिमिमा जाहेरी दिएका थिए।
शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा पठाइएको जनाउँदै प्रनाउ पाडकले घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताए। रासस
Shares

प्रतिक्रिया