ad ad

समाज


सुन तस्करी प्रकरण : ५० जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको राय, ३ अर्ब ५० करोड बिगो दाबी

सुन तस्करी प्रकरण : ५० जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको राय, ३ अर्ब ५० करोड बिगो दाबी

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्य। तस्बिर : सरोज बैजु


नेपालखबर
भदौ २७, २०८० बुधबार ११:५९, काठमाडौँ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले साउन ३ गते बरामद करिब ६१ केजी सुन प्रकरणमा ५० जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ।

सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले बुधबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका ९ विदेशीसहित ३२ जना तथा फरार रहेका १४ विदेशीसहित १८ जनाविरुद्ध मुद्दा चलाउन राय दिइएको जानकारी दिइन्।

उनका अनुसार यो प्रकरणमा हालसम्म सबै बरामद ब्रेक प्याडहरुलाई जोख्दा ३०२ किलो ६२० ग्राम सुन ल्याएको देखिएकाले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को बिगो कायम गरेर मुद्दा अघि बढाउन राय दिइएको छ।

सीआईबीले राजस्व अनुसन्धान विभागले पक्राउ गरेका १६ सहित हालसम्म ३२ जना पक्राउ परेका जनाएको छ। जसमा २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन्।

त्यसैगरी अहिलेसम्म १४ जना विदेशी र ४ जना नेपाली फरार छन्। उनीहरुलाई पनि यो प्रकरणमा प्रतिवादी बनाइएको छ।

एआईजी बज्राचार्यका अनुसार रेडी ट्रेड लिङ्कबाट आयात गरिएका सुन राखिएका ब्रेक प्याडहरुलाई जोख्दा ३०२ किलो ६२ सुन ल्याएको देखिएको छ। उनका अनुसार हालसम्म ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२  को अवैध सुन ल्याएको देखिएकाले त्यही अनुसार बिगो कायम गरेर मुद्दा अघि बढाइएको छ।

उक्त सुन चिनियाँ समूहले पाँचवटा कम्पनी खडा गरेर ल्याएको खुलेको बज्राचार्यले बताइन्। उनका अनुसार इलेक्ट्रिक वस्तुसहित अन्य वस्तुकाा कार्टुनमा पनि सुन ल्याएको खुलेको छ।

यस प्रकरणमा जोडिएका पाँचजना विदेशी नागरिकले झुटा विवरण राखेर नागरिकता निकालेको पनि बज्राचार्यले बताइन्। उनका अनुसार नेपालमा सुन तस्करीमा ताइवानका नागरिक पनि जोडिएका छन्। धेरैजसो नेपाल, चीन र भारतका पनि नागरिक छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .