ad ad

समाज


मलंगवामा ‘साम्प्रदायिक सद्‌भाव बिथोल्न खोज्ने’ ११ जना हिरासतबाट छुटे

मलंगवामा ‘साम्प्रदायिक सद्‌भाव बिथोल्न खोज्ने’ ११ जना हिरासतबाट छुटे

आइतबार सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा भएको सर्वपक्षीय बैठक


नेपालखबर
भदौ २५, २०८० सोमबार १०:३०, सर्लाही

सर्लाही सदरमुकाम मलंगवामा साम्प्रदायिक सद्‌भाव बिथोल्न खोजेको आरोपमा पक्राउ परेका कृष्ण यादवसहित ११ जनालाई प्रहरीले रिहा गरेको छ। 

जिल्ला प्राशासन कार्यालय सर्लाहीमा शनिबार दिउँसो भएको सर्वपक्षीय बैठकको सहमति अनुसार उनीहरु रिहा भएका हुन्। 

शनिबार साँझ प्रहरी हिरासतबाट उनीहरुलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्तासमेत रहेका डीएसपी कैलाश राईले जानकारी दिए। 

रिहा हुनेमा कृष्ण यादव, गोविन्द प्रसाद साहसहित ११ जना छन्। यादवले आफूलाई हिन्दू सम्राट सेनाको केन्द्रीय उपाध्यक्ष दाबी गर्दै आएका छन्। 

उनकै नियोजित षड्यन्त्रको कारण सर्लाही सदरमुकाम मलंगवामा शुक्रबारदेखि आइतबारसम्म स्राम्प्रदायिक सद्भाव बिथोल्ने प्रयास भएको स्थानीय प्रशासनको बुझाइ छ। 

‘शनिबार भएको सर्वदलिय बैठकमा आइन्दा कुनै पनि प्रकारका गलत क्रियाकलापमा संलग्न नहुने सर्तमा कृष्ण यादवसहितका व्यक्तिलाई हामीले रिहा गरेका छौँ,’ डीएसपी राईले भने, ‘रिहा भएपनि हामी उनीहरुमाथि निगरानी गरिरहने रहने छौँ।’ 

शनिबार साँझ रिहा हुने सबै यादव समूह (अति हिन्दुवादी) का मानिसहरु भएका प्रहरीले जनाएको छ। 

गएको शुक्रबार कृष्ण जन्माष्टमीको मुर्ति सेलाउने क्रममा मलंगवा ९ मा स्थानीय हिन्दु र मुस्लिम समुदायबीच विवाद उत्पन्न भएको थियो। बिवादले उग्र रुप लिएपछि शुक्रबार साँझदेखि मलंगवा अशान्त बनेको थियो। 

थप अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले गएको शनिबार साँझदेखि आइतबार बिहानसम्म मलंगवामा कर्फ्यु लगाएको थियो। 

मलंगवाका निश्चित केही क्षेत्रमा अहिले पनि स्थानीय प्रशासनले भेला जुलुश गर्न निषेध गरेको छ। 

साम्प्रदायिक सद्भाव खल्बलिएपछि अशान्त बनेको सर्लाही सदरमुकाम मलंगवामा आइतबार साँझ सद्‌भाव र्‍याली निकालिएको थियो। 

आज (सोमबार) बिहानसम्म मलंगवाको अवस्था सामान्य रहेको डीएसपी राईले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .