ad ad

समाज


तीन दिनदेखि अशान्त मलंगवामा निकालियो सद्‌भाव र्‍याली

तीन दिनदेखि अशान्त मलंगवामा निकालियो सद्‌भाव र्‍याली

नेपालखबर
भदौ २४, २०८० आइतबार २०:३५, सर्लाही

साम्प्रदायिक सद्भाव खल्बलिएपछि बिगत तीन दिनदेखि अशान्त बनेको सर्लाही सदरमुकाम मलंगवामा आइतबार साँझ सद्‌भाव र्‍याली निकालिएको छ। 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा निकालिएको सद्‌भाव र्‍यालीमा स्थानीय जनप्रतिनिधिसँगै विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो। 

आइतबार अपरान्ह जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षिय बैठकले सामाजिक सद्‌भाव कायम राख्नको लागि सबैलाई संयमता अपनाउ आग्रह गरेको थियो। 

बैठकले भदौ २२, २३ र गते भएको घटना व्यवस्थापनको सन्दर्भमा सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको छ। 

समितिले १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेश गर्ने र सोही प्रतिवेदन बमोजिम दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाउने निर्णय पनि बैठकले गरेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए। 

बैठक लगत्तै स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका अगुवा, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका अगुवा र स्थानीय सञ्चारकर्मीको उपस्थितिमा सद्‌भाव र्‍याली निकालिएको हो। 

र्‍यालीमा प्रदेशसभा सदस्य कौशल किशोर राय, मलंगवा नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद राय, प्रमुख जिल्ला अधिकारी यादव, सहायक प्रजिअ घिमिरे, मलंगवा नगरपालिकाका वडाध्यक्षहरु, प्रमुख सेनानी सूर्यबहादुर कार्की, सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरीका डीएसपी उद्धव वम, मलंगवा नगरपालिकाका पूर्व मेयर निरसल साह, जिल्ला समन्वय समिति सर्लाहीका पूर्व प्रमुख मेथुन चौधरी, हिन्दू र मुस्लिम समुदायका स्थानीय अगुवाहरुको सहभागिता थियो। 

जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरु भएको र्‍याली मलंगवा  मलंगवा ९ हनुमान चोकमा पुगेर कोण सभामा परिणत भएको थियो।

गएको शुक्रबार कृष्ण जन्माष्टमीको मुर्ति सेलाएर फर्किंदै गरेको समूहमाथि सोही ठाउँमा केही उच्छृंखल व्यक्तिहरुले आक्रमण गरेपछि मलंगवा अशान्त बनेको थियो। 

कोणसभामा हिन्दू र मुस्लिम समुदायका अगुवाहरुले सद्‌भाव मन्तव्य व्यक्त गरेपछि र्‍यालीको समापन गरिएको प्रजिअ यादवले बताए।

साम्प्रदायिक गतिविधिको कारण सामाजिक सद्भाव खल्बलिने अवस्था सिर्जना भएपछि स्थानीय प्रशासनले शनिबार साँझदेखि आइतबार बिहानसम्म मलंगवामा कर्फ्यु लगाएको थियो। 

केही क्षेत्रमा अहिले पनि स्थानीय प्रशासनले भेला जुलुश गर्न निषेध गरेको छ। सामाजिक सद्भाव विथोल्ने गतिविधिमा संलग्न केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ।

स्थानीय प्रशासनले कर्फ्यु हटाएपनि आइतबार दिनभर मलंगवामा मानिसको चहलपहल भने पातलो थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .