समाज


कोरोना भाइरस फैलिन थालेपछि त्रिभुवन विमानस्थलमा उच्च सतर्कता

कोरोना भाइरस फैलिन थालेपछि त्रिभुवन विमानस्थलमा उच्च सतर्कता

नेपालखबर
माघ १० ,

तीन सातायता चीनको हुवेई प्रान्तस्थित वुहान सहरमा पहिलोपटक देखा परेको नयाँ खाले कोरोना भाइरसको संक्रमण विभिन्न देशमा फैलिन थालेपछि त्रिभुवन विमानस्थलमा पनि उच्च सतर्कता अपनाइनथालेको छ।

पछिल्लो समय जापान, दक्षिण कोरिया, थाइल्याण्ड हुँदै अमेरिकामा समेत यो भाइरस संक्रमिट फेला परेसँगै नेपालमा पनि सतर्कता अपनाउन थालिएको हो।

नेपालमा कोरोना भाइरसको संक्रमण हुनसक्ने भन्दै उच्च सतर्कता अपनाएको त्रिभुवन विमानस्थलले बताएको छ। त्रिभुवन विमानस्थलका हेल्थ डेस्क कोअर्डिनेटर गोपाल पाण्डेले थर्मल स्क्यानरले यात्रुको चेक गरिरहेको बताएका छन्। उनले नेपालखबरसँग भने, ‘थर्मल स्क्यानरले यात्रुको तापक्रम नाप्छ। कसैलाई ज्वरो आएको देखिए हस्पिटल पठाउँछौँ।’

कुन यात्रुको अवस्था कस्तो छ भन्ने मेसिनले नै स्क्यान गर्ने उनको भनाइ छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले चीनको वुहानबाट फर्केका एक नेपाली नागरिकलाई कोरोना भाइरस लागेको आशंकामा टेकु अस्पताल पठाएको थियो। उनलाई ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल पु¥याइए पनि संक्रमण नपाइएपछि अस्पतालले डिस्चार्ज गरेको थियो।

कोअर्डिनेटर पाण्डेले २०७० देखि त्रिभुवन विमानस्थलले हेल्थ डेस्क राखी यात्रुलाई चेक गर्न थालेको बताए। ‘इबोला भाइरस चेक गर्नको लागि स्थापना भएको हेल्थ डेस्क लगातार स्वाइन फ्लु र अहिले कोरोना भाइरसको चेक गरिरहेको छ’, उनले भने।

त्रिभुवन विमानस्थलमा अझै इबोला भाइरसको बोर्ड राखिएको छ। बोर्डलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको थियो। यसबारे पाण्डेले भने, ‘अफ्रिकामा अझै इबोला छ। चाइनामा कोरोना भाइरस आयो भन्दैमा इबोलाको बोर्ड हटाउने भन्ने हुँदैन।’

कोरोनाभाइरसका बिरामीमा खासगरी गम्भीर श्वासप्रश्वासका समस्याहरु देखिने, ज्वरो, खोकी, श्वास फेर्न कठिन हुनेलगायतका लक्षण देखिन्छन्।

माघ १०, २०७६, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad