ad ad

कला


बसन्त थापा र विष्णु माझीको ‘सयको गुन तिरौंला हजारैले’ बजारमा (भिडियो)

बसन्त थापा र विष्णु माझीको ‘सयको गुन तिरौंला हजारैले’ बजारमा (भिडियो)

नेपालखबर
माघ १०, २०७६ शुक्रबार ११:२२,

गायक–संगीतकार बसन्त थापाको लोकदोहोरी गीत ‘सयको गुन तिरौंला हजारैले’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

शुक्रबार गायक थापाको आधिकारिक युट्युब च्यानल बसन्त थापामार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो। गीतमा गायक थापालाई चर्चित गायिका विष्णु माझीले साथ दिएकी छन्।

प्रल्हाद सुवेदीको शब्द, गायक थापाकै लय रहेको गीतमा आशीष अविरलले संगीत संयोजन गरेका छन्।

गीतको म्युजिक भिडियोमा सुनिल क्षेत्री र मरिस्का पोख्रेलको अभिनय रहेको छ। भिडियोको निर्देशन सुनिल क्षेत्रीले नै गरेका हुन्।

भिडियोको छायाँकन नवराज उप्रेती, अमृत चापागाईंको सम्पादन र दीपक एम सिंहको कोरियोग्राफी रहेको छ। भिडियोको छायांकन कालिञ्चोक आसपासमा गरिएको हो।

अभ्यास डिजिटलमार्फत सार्वजनिक गरिको भिडियोको पोस्ट प्रोडक्सन जनता डिजिटल एन्ड फिल्म्सले गरेको हो।

पछिल्लो समयमा थापाको ‘उही खोलीमा पानी‘ , ‘सालको पात‘, ‘लोभी आँखा’, ‘बोकेझार‘ जस्ता गीत चर्चामा छन्।

हेरौँ भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .