ad ad

समाज


बिदाको दिन खुलेका विद्यालयलाई काठमाडौं महानगरले कारबाही गर्ने

बिदाको दिन खुलेका विद्यालयलाई काठमाडौं महानगरले कारबाही गर्ने

नेपालखबर
भदौ १६, २०८० शनिबार ११:५८, काठमाडौँ

काठमाडौं महानगरपालिकाले सार्वजनिक बिदाका दिन विद्यालय सञ्चालन नगर्न चेतावनी दिएको छ। 

सापारु र रोपाइँ जात्राको अवसरमा महानगरपालिकाले शुक्रबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको थियो। 

तर, महानगरपालिकाले दिएको सार्वजनिक बिदाको दिनमा पनि कतिपय नीजि विद्यालय सञ्चालन भएको पाइएपछि महानगरपालिकाले बिदाको दिनमा विद्यालय सञ्चालन नगर्न सचेत गराएको हो। 

निर्णय उलंघन गर्दै खुलेका विद्यालयलाई कारबाही गर्ने चेतावनीसमेत महानगरपालिकाले दिएको छ। 

काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले विज्ञप्तिमा गर्दै स्थानीय सरकारले गरेको निर्णय अनिवार्य रुपमा पालना गर्न सबैमा अनुरोध गरेका छन्। 

महानरपालिकाको निर्णय विपरीत काम गरेमा प्रचलित कानूनबमोजिम कारबाही हुने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .