समाज


रौटहटमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, ठक्कर दिने ट्रकमा स्थानीयले आगो लगाए

रौटहटमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, ठक्कर दिने ट्रकमा स्थानीयले आगो लगाए

फाइल तस्बिर


नेपालखबर
भदौ ८, २०८० शुक्रबार ८:२७, रौतहट

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुरमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। 

चन्द्रपुर नगरपालिका- १ पौराइमा बिहीबार साँझ ना ६ ख १५०० नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ५५ वर्षीया होममाया मगरको मृत्यु भएको हो। 

सडकमा पैदल हिँडिरहँदा उनलाई ट्रकले ठक्कर दिएको थियो। घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ। 

घटनापछि मृतकका आफन्त र स्थानीयले ट्रकमा आगो लगाएका छन्। आगलागीबाट ट्रकमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक उमाशंकर यादवले जानकारी दिए।

दोषीमाथि कारबाहीको माग गर्दै बिहीबार साँझ स्थानीयले घटनास्थलमा प्रदर्शन गर्दा केहीबेर सवारी आवागमनमासमेत असर परेको थियो। 

दोषीलाई पक्राउ गरी शुक्रबार दिउँसोसम्म पीडितलाई क्षतिपूर्तिको लागि पहल गर्ने सहमतिपछि स्थानीयले सडकको अवरोध हटाएका डीएसपी यादवले बताए। 

ट्रकमा लागेको आगो निभाउन गएको चन्द्रपुर नगरपालिकाको वारुणयन्त्रमा पनि स्थानीयले ढुंगामुडा गरे क्षति पुर्याएका प्रहरीले जनाएको छ। 

प्रहरीले ट्रकका चालक विगु गाउँपालिका दोलखाका प्रशान तामाङलाई पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad