ad ad

ग्लोबल


डोनाल्ड ट्रम्पले जेलमा आत्मसमर्पण गरे

डोनाल्ड ट्रम्पले जेलमा आत्मसमर्पण गरे

फाइल तस्बिर


नेपालखबर
भदौ ८, २०८० शुक्रबार ८:३२, काठमाडौँ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन्। 

२०२० को चुनावमा पराजयको नतिजा उल्ट्याउन खोजेको अभियोगमा उनीविरुद्ध मुद्दा चलिरहेको छ। 

बीबीसीका अनुसार जेलबाट ट्रम्पको आधिकारिक तस्बिर, जसलाई मगसट भनिन्छ, जारी गरिएको छ। ट्रम्पको मगसट सार्वजनिक भएको यो पहिलोपटक हो।

ट्रम्पलाई धरौटीका लागि दुई लाख डलर तोकिएको छ। 

यस महिनाको सुरुमा, जर्जियाका एक अभियोजकले रिपब्लिकन नेता एवं पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध धेरै आरोप लगाएका छन्। जुन गत राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनको जितलाई उल्टाउन गरेको षड्यन्त्रसँग सम्बन्धित छन्।

यस वर्ष ट्रम्पले अदालत वा संघीय अधिकारीसामु आत्मसमर्पण गरेको यो चौथोपटक हो। यसअघि उनीविरुद्ध फौजदारी मुद्दा चल्दा उनले तीनपटक आत्मसमर्पण गरिसकेका छन्। 

अमेरिकी सञ्चारमाध्यमका अनुसार यसअघि अमेरिकामा यस्तो कहिल्यै देखिएको थिएन।

फुल्टन काउन्टी जेलको बुकिङ सिटमा डोनाल्ड ट्रम्पको नाम छ। जसमा उनीविरुद्ध लगाइएका १३ आरोप, अपराध गरेको मिति र धरौटीका विवरण उल्लेख गरिएका छन्। 

तर ट्रम्पले सबै आरोप अस्वीकार गरिरहेका छन्। 

सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘चुनावलाई चुनौती दिन सक्नुपर्छ। चुनाव धाँधलीपूर्ण थियो भन्ने मेरो मान्यता हो। मैले कुनै गल्ती गरेको छैन र सबैलाई थाहा छ। निर्वाचनमा बेइमानी भएको महसुस भएमा त्यसलाई चुनौती दिने अधिकार हामीसँग छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .