ad ad

समाज


सशस्त्र प्रहरीका एसपी सुमन थपलियाको निधन

सशस्त्र प्रहरीका एसपी सुमन थपलियाको निधन

नेपालखबर
भदौ २, २०८० शनिबार १५:६, काठमाडौँ

सशस्त्र प्रहरी बल (एपीएफ) पर्साका एक सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को निधन भएको छ। १३ नम्बर गण पर्सामा कार्यरत एसपी सुमन थपलियाको शनिबार दिउँसो निधन भएको हो। 

उनी अचानक ढलेपछि अस्पताल पुर्‍याइएको थियो। उनलाई वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पतालले दिउँसो १ बजे मृत घोषणा गरेको एपीएफ मुख्यालयले जनाएको छ। 

उनको हृदयघातका कारण निधन भएको हुनसक्ने अनुमान गरिएको छ। 

उनले २०६० सालमा इन्सपेक्टरबाट सेवा सुरु गरेका थिए। उनको स्थायी घर नुवाकोट हो।  उनी सशस्त्र प्रहरीको तेस्रो ब्याचका प्रहरी निरीक्षक थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .