ad ad

राजनीति


संसदको अवरोध हटाउन प्रधानमन्त्रीले पहलकदमी लिनुपर्छ : लोकेन्द्रबहादुर चन्द

संसदको अवरोध हटाउन प्रधानमन्त्रीले पहलकदमी लिनुपर्छ : लोकेन्द्रबहादुर चन्द

फाइल तस्बिर


नेपालखबर
भदौ २, २०८० शनिबार १५:२८, काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पहलकदमी लिनुपर्ने बताएका छन्।

वरिष्ठ नेता चन्दले प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी संसदमा जारी अवरोध हटाउन ढिलाई गर्न नहुने बताएका हुन्। 

शनिबार ललितपुरमा आयोजित मोतिशोभा श्रेष्ठको ‘चियाको चुस्की’, प्रा.डा सृजना श्रेष्ठको ‘भोलि कोही नआउन्जेलसम्म’ र प्राडा सविना श्रेष्ठको ‘एउटा जीवन छामेर हेर्दा’ कृतिहरूको लोकापर्ण कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री दाहालले संसदको अवरोध हटाउने अभिव्यक्ति दिनुभएको उल्लेख गर्दै छिट्टै संसद सुचारु हुने विश्वास समेत व्यक्त गरे। 

फरक प्रसंगमा वरिष्ठ नेता चन्दले पार्टीभित्र केही समस्या रहेको स्वकार गर्दै त्यसको समाधान विधि र विधान भित्रै रहेर हुने पनि बताए।

‘तर जेहोस् गोभरमेन्ट र अपोजिशनले बसेको त्यो कुरा मिलाउनु पर्छ। कुरा पनि चलिराख्या छ क्यारे। अब यो प्रधानमन्त्रीजीले लिडर अफ अपोजिशनसँग छलफल गराएर यसको सोलुशन निकाल्छु भन्नुभएको थियो,’ उनले भने, ‘अब राप्रपाभित्र साथीहरुको केही गुनासो थियो। त्यो बारे छलफल गरिएको हो। ती गुनासाहरू नियम र विधान अनुसार हुन्छ।’

कार्यक्रममा वरिष्ठ नेता चन्दले लोकार्पण गरिएका तीन वटै कृतिहरु पठनीय रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .